अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औं महाधिवेशन: धनकुटामा मिल्यो प्रतिनिधि विवाद

एमाले ११ औं महाधिवेशन: धनकुटामा मिल्यो प्रतिनिधि विवाद


काठमाडौं-नेकपा एमाले धनकुटाको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट विवाद टुङ्गिएको छ। धनकुटामा असन्तुष्ट पक्षका २ जना समेट्ने सहमति भएपछि विवाद टुङ्गिएको हो।

नेकपा एमाले धनकुटाले धनकुटाबाट १३ जना सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको जनाएको छ। निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल, खगेन्द्र राई खुल्ला तर्फबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ। यस्तै युवा तर्फबाट सरोज राई, दलितबाट नैन रुचाल, महिलाबाट तुलसी राई, सम्झना आले मगर निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन् । यस्तै जिल्लाका दुईजना सिनियर नेताहरूलाई मनोनीत गर्ने समेत सहमति बनेको छ ।

 यसअघि एकपक्षीय ढंगले चुनाव गराएको भन्दै असन्तुष्ट समूहले उजुरी हालेको थियो । असन्तुष्ट पक्षले निर्वाचन समेत बहिस्कार गर्दै केही बुथमा तोडफोड र मतपत्र समेत च्यातेको थियो।

एमाले संगठन विभागले प्रतिनिधि पुन: छनौट गर्न निर्देशन दिँदै कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईलाई विवाद समाधानको जिम्मा दिएको थियो ।