काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन निवेदन दर्ता गराएको हो ।
आयोगले यो प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरू गरेको थियो । यस प्रणालीका लागि दल दर्ताका लागि यही मङ्सिर २३ गते अपराह्न ४:०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ६७ दलले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको संख्या १४३ रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा एकल तथा संयुक्त रुपमा निर्वाचनमा भाग लिनका लागि १२० वटा निवेदन परेको भए पनि ११४ दलको निवेदन कायम भएको छ ।







प्रतिक्रिया