काठमाडौं-नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन- ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा सहित २०८२ मङ्सिर २७-२९ गते काठमाडौँमा आयोजना हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ।
सो ११ औं महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ।
एमालेका सचिव तथा महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला सभापति देउवा निवासमा पुगेर निम्तो दिनुभएको हो। सभापति देउवाले ११ औं राष्ट्रिय महाधिवेशमा आउने वचन दिनुभएको छ।
साथै भेटघाटका क्रममा समसामयिक राजनीतिक विषयवस्तुमा संक्षिप्त छलफल भएको बुझिएको छ। सभापति देउवाले समेत संसद पुनस्र्थापनको अपरिहार्यताबारे जोड दिएका थिए।







प्रतिक्रिया