काठमाडौं-नेकपा एमालेको ११औं महाधिवेशन सुरू हुन अब ५ दिन मात्रै बाँकी छ। अर्थात् महाधिवेशन- ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा सहित यही मङ्सिर २७-२९ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ। महाधिवेशनमा करिब दुई हजार ६ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाएको छ।
यसै सन्दर्भमा, महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमाले दोलखा कमिटीका नेता तथा कार्यकर्ताहरू केपी शर्मा ओलीको नेतृत्वलाई स्थापित गर्न एकजुट भएका छन् । महाधिवेशनका लागि दोलखा जिल्लाबाट चयन भएका प्रतिनिधिहरूको मंगलबार (मंसिर २३ गते) भक्तपुरमा भएको अन्तर संवाद कार्यक्रम सहभागी प्रतिनिधिहरूले केपी ओलीको नेतृत्वलाई स्थापित गर्ने प्रतिबद्धता जनाएका हुन्।

दोलखा भूगोल र दोलखा ठेगाना भई पार्टीका विभिन्न कमिटी तथा जनसंगठनमा क्रियाशील नेताहरू सहभागी भएको उक्त कार्यक्रममा महाधिवेशन तयारीका विषयमा बृहत् छलफल गरिएको थियो । एमालेको केन्द्रीय, प्रदेश, जिल्ला तथा प्रवास कमिटीमा कार्यरत दोलखा मूलका कुल ४३ जना प्रतिनिधि यस पटक ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै छन् ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्ज पार्वत गुरुङले केपी ओलीकी टिमबाट दोलखाले पदाधिकारीको कामना गरेको उहाँले बताउनुभयो । यदि भएन भने त्यसलाई पनि त्याग्ने पर्ने बताउँदै उहाँले जिन्दगी लामो भएको स्पष्ट पार्नुभयो । ‘कमिटी विहीन हुने काम नगरौँ, पार्टीलाई पनि योगदान गरौँ’, उहाँले भन्नुभयो ।
सबै दोलखालाई पार्टी नेतृत्वको पक्षमा एक गराउन आफूले प्रयत्न गरेको बताउँदै उहाँले पार्टी निर्माण र दोलखा पार्टीको एकताको निम्ति आफूले प्रयास गरेको बताउनुभयो । आफू पार्टीले जहाँ बस्न भन्छ त्यहीँ बस्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज पार्वत गुरुङ, पोलिटब्युरो सदस्य आनन्द पोखरेल लगायतका केन्द्र, प्रदेश, जिल्ला तथा जनसंगठनका नेताहरूको अन्तर्संवादमा सहभागिता थियो ।

प्रतिक्रिया