काठमाडौँ-सरकारले मंसिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री खरेलले मन्त्रिपरिषद्का १८ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो।
सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो।

अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय









प्रतिक्रिया