अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ: लेखराज भट्ट

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ: लेखराज भट्ट


काठमाडाैँ-नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएकाे छ।

मंगलबार काठमाडौंमा  प्रेस चौतारीले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा सचिव भट्टले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि केपी ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताउनुभयाे।

एमाले एघारौं महाधिवेशन केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ। गोलबन्द भएर जानुपर्छ। र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ। र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ। वाह्य हस्तक्षेपलाई हामी परास्त गर्न सक्छौँ। यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ।

सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि केपी ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयाे ।

‘अहिलेको यो एघारौं महाधिवेशनले नेतृत्वमा जसरी केन्द्रीकरण गर्छ। त्यो पनि केपी ओलीकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ। गोलबन्द भएर जानुपर्छ। र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ। र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ। वाह्य हस्तक्षेपलाई हामी परास्त गर्नसक्छौँ। यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ,’ सचिव भट्टले भन्नुभयाे।

सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसार नै पार्टीको जिम्मेवारी लिने योजना बनाएको बताउनुभयाे।