अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११ औं महाधिवेशन: घरदैलोमा पुगेर नागरिकलाई निमन्त्रणा [तस्वीरहरु]

एमाले ११ औं महाधिवेशन: घरदैलोमा पुगेर नागरिकलाई निमन्त्रणा [तस्वीरहरु]


काठमाडौं-नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्यको औपचारिक सुरुवात भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज बिहान काठमाडौं-२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गर्नुभएको हो।

यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गर्नुभएको छ। घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ।