काठमाडौं-नेकपा एमालेलाई बिगार्न, भत्काउन, सिध्याउनका निम्ति देशी-विदेशी सारा शक्तिहरु लागिरहेको बताउनुभएको छ। नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा सो कुरा बताउनुभएको हो। उहाँले एमालेलाई षडयन्त्रकारीहरुले सिध्याउन नसक्ने दाबी पनि गर्नुभएको छ। थापाले भन्नुभएको छ, ‘एमालेलाई बिगार्न, भत्काउन, सिध्याउन देशी विदेशी सारा शक्तिहरु लागिपरेको पनि देखिरहनुभएको छ।तर, चिन्ता नगर्नुस्, ढुक्क हुनुस्, एमालेलाई षडयन्त्रकारीहरुले सिध्याउन सक्दैन।’
एमालेको एघारौं औं महाधिवेशनबाट अझ बलियो, सुदृढ र झन् एकतावद्ध भएर मैदानमा आउने बताउनु भएको छ। ‘तपाईंहरुको प्रिय पार्टी नेकपा एमालेको महाधिवेशन हुँदैछ। तपाईंहरु सबैको ध्यान महाधिवेशनमा केन्द्रीत छ। एमाले एघारौं महाधिवेशनबाट झन् बलियो, झन् सुदृढ र झन् एकतावद्ध भएर मैदानमा आउने छ। अहिले देशमा जेजति विकास भएको छ, एमालेले नै गरेको हो भन्ने तपाईंहरुले बुझ्नुभएको छ। अब पनि विकास र समृद्धिको तपाईंहरुको चाहना एमालेले नै पूरा गर्नेछ।’
नेता थापाले अहिले देशमा भयानक साइबर युद्ध चलिरहेको बताउनुभएको छ। उहाँले नेपाली जनताविरुद्ध भयानक आक्रमण भइरहेको बताउनुभयो। देश सिध्याउने उद्देश्यले गरिएको साइबर युद्धमा एमाले र नेपाली जनता विजयी हुने उहाँले बताउनुभयो। ‘अहिले देशमा भयानक साइबर युद्ध चलिरहेको छ। नेपाल र नेपाली जनताविरुद्ध भयानक आक्रमण भइरहेको छ। दुष्प्रचार नै दुष्प्रचारले देश र जनतालाई आक्रमण गरिरहेको छ। भ्रममा पटक्कै नपर्नुस्, अलिकति पनि विचलित नहुनुस्’, उहाँले भन्नुभयो, ‘एमालेले यो देशको रक्षा गर्छ। देश सिध्याउने उद्देश्यले गरिएको साइबर युद्धमा एमाले र नेपाली जनता विजयी हुनेछन्।’
नेकपा एमालेका प्रिय समर्थकहरू
तपाईंहरुको प्रिय पार्टी नेकपा एमालेको महाधिवेशन हुँदैछ। तपाईंहरु सबैको ध्यान महाधिवेशनमा केन्द्रीत छ। एमालेलाई बिगार्न, भत्काउन, सिध्याउन देशी विदेशी सारा शक्तिहरु लागिपरेको पनि देखिरहनुभएको छ। तर, चिन्ता नगर्नुस्, ढुक्क हुनुस्, एमालेलाई षडयन्त्रकारीहरुले सिध्याउन सक्दैन। तपाईंहरुको प्रिय पार्टी नेकपा एमाले एघारौं महाधिवेशनबाट झन् बलियो, झन् सुदृढ र झन् एकतावद्ध भएर मैदानमा आउने छ। अहिले देशमा जेजति विकास भएको छ, एमालेले नै गरेको हो भन्ने तपाईंहरुले बुझ्नुभएको छ। अब पनि विकास र समृद्धिको तपाईंहरुको चाहना एमालेले नै पूरा गर्नेछ।
अहिले देशमा भयानक साइबर युद्ध चलिरहेको छ, नेपाल र नेपाली जनता विरुद्ध भयानक आक्रमण भइरहेको छ। दुष्प्रचार नै दुष्प्रचारले देश र जनतालाई आक्रमण गरिरहेको छ। भ्रममा पटक्कै नपर्नुस्, अलिकति पनि विचलित नहुनुस्। एमालेले यो देशको रक्षा गर। देश सिध्याउने उद्देश्यले गरिएको साइबर युद्धमा एमाले र नेपाली जनता विजयी हुनेछन्।
तपाईंहरुको प्रिय पार्टी नेकपा एमालेको महाधिवेशनको अवसरमा म एमालेका सम्पूर्ण शुभचिन्तक र समर्थहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन्छु।
नेकपा एमालेका प्रिय कार्यकर्ताहरु
मैले पहिलो शुभकामना एमालेका समर्थक शुभचिन्तकलाई दिएँ, दोस्रो शुभकामना तपाईंहरुलाई दिँदैछु। तपाईंहरुलाई षडयन्त्रकारी तत्वहरुले झोले भन्दै गाली गर्छन्। उनीहरुका लागि झोले शब्द गाली हो, तपाईंहरुका लागि ताली हो। तपाईंहरुको झोलामा देश छ, लोकतन्त्र छ, विकास र समृद्धि छ, जनताको सेवा छ। झोले भन्दै गाली गर्नेहरुको झोलामा चाहिँ देश जलाउने पेटोल छ, म्याग्नेसियम छ, पोटासियम छ। देश बनाउने, देश जोगाउने, देश बचाउने एजेण्डाले भरिएको झोला बोकर हिँड्ने एमालेजस्तो कार्यकर्ता पंक्ति भएकाले नै आज देशी विदेशी शक्तिले नेपाललाई सिध्याउन सकेका छैनन्। अस्ति भदौमा एमाले, लोकतन्त्र र नेपाललाई नै समाप्त पारियो भनेर षडयन्त्रकारीहरु खुसी भएका थिए। तपाईं एमालेका कार्यकर्ताहरु एमाले सक्न दिँदैनौं, लोकतन्त्र मास्न दिँदैनौं, देश समाप्त पार्न दिँदैनौं भन्दै जुरुक्क उठ्नुभयो। तपाईंहरु उठ्दा देश नै जुरुक्क उठ्यो। तपाईं एमालेका कार्यकर्ताहरुको तागतले यो देश बच्यो। कुनै एउटा पार्टीसँग शशक्त कार्यकर्ता पंक्ति हुँदा त्यसको लाभ देशले पाउँछ, त्यसको फाइदा अन्य राजनीतिक दलले पनि पाउँछ र त्यसको तागत सारा जनताले पाउँछन् भन्ने प्रमाणित भएको छ। त्यसैले झन् संगठित हुनुहोस्, झन् शशक्त बन्नुहोस्, झन् जुझारु बन्नुहोस्। अझ दह्रोसँग झोला भिर्नुहोस्, आफ्नो झोलामा गर्व गर्नुहोस्।
तपाईंहरुले महाधिवेशन प्रतिनिधि चयन गरेर पठाउनुभएको छ। ढुक्क हुनुस्, महाधिवेशनबाट तपाईहरुले चाहेजस्तो नेतृत्व चयन हुनेछ, तपाईंहरुले रोजेजस्तो कमिटी बन्नेछ, तपाईंहरुले देखाएको बाटोमा नेतृत्व पंक्ति झन् दृढ भएर हिँड्नेछ। तपाईंहरुको प्राणभन्दा प्यारो पार्टीको एघारौं महाधिवेशनको अवसरमा नेकपा एमालेका सम्पूर्ण कार्यकर्तालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेकपा एमालेका प्रिय प्रतिनिधिहरु
तपार्इंहरुमध्ये कैयन काठमाडौंमै हुनुहुन्छ होला, कैयन आइसक्नुभयो होला, कतिपय कमरेडहरु चाहिँ आउँदै हुनुहुन्छ होला। महाधिवेशनमा तपाईंहरु एक्लै आउनुभएको हुन्न, तपाईंहरुको साथमा हजारौं कार्यकर्ता र लाखौं जनताको विश्वास पनि साथमा आएको हुन्। हेर्दा तपाईं एकजना हो तर तपाईंका पछाडि हजार लाख जनता छन्। ती जनताले तपाईंलाई अपार शक्ति र ठोस जिम्मेवारी दिएर पठाएका छन्। त्यो जिम्मेवारी पूरा गर्न तपाईंलाई सफलता मिलोस्, शुभकामना छ।
प्रतिनिधि कमरेडहरुलाई यति शुभकामनाले मात्र पुग्दैन। तपाईंहरुलाई थाहा छ, अहिले देश युद्धमा होमिएको छ। हाम्रो देश विरुद्ध षडयन्त्रकारीहरुले युद्धको घोषणा गरेका छन्। उनीहरुले नेपाललाई नष्ट पार्न, खरानी पार्न, ध्वस्त पार्न अभियान चलाइरहेका छन्। उनीहरुको यो अभियान युद्ध नै हो, उनीहरु विरुद्ध नेकपा एमाले पर्खाल बनेर उभिएको छ। त्यसैले उनीहरुको प्रहारको सम्पूर्ण केन्द्र नेकपा एमाले भएको छ। देशको रक्षा र जनताको सुरक्षाको जिम्मा नेकपा एमालेले लिएको छ। त्यसैले उनीहरुले हामी विरुद्ध युद्ध गरिरहेका छन्। युद्धमा मुख्य प्रहार सेनापतिलाई गरिन्छ। हाम्रो सेनापति भनेको केपी शर्मा ओली हो। केपी शर्मा ओलीको रक्षा नै नेकपा एमालेको रक्षा, नेकपा एमालेको रक्षा नै देशको रक्षा हो, अहिलेको यथार्थ यही हो। यो यथार्थ सम्पूर्ण महाधिवेशन प्रतिनिधि कमरेडहरुले बुझ्नभएकै छ।
एमालेले देशलाई महान योगदान गरेको छ। देशको विकास र समृद्धिमा एमालेको जति योगदान अरु अरु कसैले गरेको छैन। तर, नेपाल विरुद्ध युद्ध गरिरहेको सत्रु शक्तिले एमाले, यसका सेनापति केपी ओली, यसका अगुवा नेताहरुको राक्षसीकरण, दानवीकरण गरिरहेको छ। देवलाई दानव र दानवलाई देव बनाउने दुष्प्रयास उनीहरुले गरिरहेका छन्।
नेकपा एमालेले देशलाई महान योगदान गरेको छ, देशको विकास र समृद्धिमा एमालेको जति योगदान अरु कसैको छैन। तर, नेपाल विरुद्ध युद्ध गरिरहेको सत्रु शक्तिले एमाले, यसका सेनापति केपी ओली, यसका अगुवा नेताहरुको राक्षसीकरण, दानवीकरण गरिरहेको छ। देवलाई दानव र दानवलाई देव बनाउने दुष्प्रयास उनीहरुले गरिरहेका छन्। युद्धमा उनीहरुले विभिन्न मोर्चा खोलेका छन्, ती सबै मोर्चामा उनीहरुलाई परास्त गरेर देशको रक्षा र जनताको सुरक्षा गर्ने जिम्मेवारी तपाईं प्रतिनिधिहरुको काँधमा आइपुगेको छ। यो जिम्मेवारी निर्वाह गर्न तपाईंहरुलाई शक्ति मिलोस्, सफलता मिलोस्, हार्दिक शुभकामना छ।







प्रतिक्रिया