अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महाधिवेशनका लागि २६ र २७ गते नागढुंगा-मलेखु सडक पूर्ण रूपमा खुला गरिने

एमालेको महाधिवेशनका लागि २६ र २७ गते नागढुंगा-मलेखु सडक पूर्ण रूपमा खुला गरिने


काठमाडौं-नेकपा (एमाले)को महाधिवेशनका लागि यहि मंसिर २६ र २७ गते नागढुंगा मलेखु सडकखण्ड पूर्ण रूपमा सञ्चालन गर्न दिइने भएको छ।

यसअघि सरकारले आजबाट नागढुंगा-मलेखु सडकखण्ड स्तरोन्नति र कालोपत्र गर्न दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको थियो। सडकखण्डमा आजदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेपछि २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।