अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं-नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक अहिले बिहान ८ बजेबाट बस्दैछ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।

‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ’ गौतमले भने, ‘बढीभन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितिका तर्फबाट पनि सुझाव दिइनेछ ।’ मूल समितिको संयोजक महाससचिव शंकर पोखरेल छन् भने सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ छन् ।

आज १४ वटै समितिका संयोजकहरुले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरुलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् ।

बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइनेछ ।