काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग साक्षात्कार गर्नुहुने भएको छ। प्रेस चौतारी नेपालले आयोजना गरेको उक्त कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंमा हुने तय गरिएको छ।
शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकहरू समक्ष खुलस्त राख्ने तयारी गर्नुभएको छ। पुनः अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहनुभएका केपी ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुने छ। त्यसपछि हुने बन्दसत्र भने काठमाडौंको भृकुटिमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ।







प्रतिक्रिया