अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही जन्मिएको छैन: महेश बस्नेत 

केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही जन्मिएको छैन: महेश बस्नेत 

एमाले महाधिवेशन भाँड्नको लागि अध्यक्ष केपी ओली विरुद्ध विभिन्न खालका भ्रम फिँजाइरहेका छन्


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकार र सरकारबाट पालित पोषित व्यक्ति र मिडियाले एमाले र एमाले अध्यक्ष केपी ओली विरुद्ध विभिन्न खालका भ्रम फिँजाइरहेका बताउनुभएको छ। 

एमाले महाधिवेशनमा डर र आतङ्क सिर्जना गर्न एमाले अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने हल्ला फिँजाइएको उहाँले बताउनुभयो। ‘केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही पनि जन्मिएको छैन’, बिहीबार यातायात श्रमिक तथा व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेता बस्नेतले भन्नुभयो । 

एमाले महाधिवेशन भाँड्नको लागि कुलमान घिसिङले नागढुंगामा सडक अवरुद्ध गर्ने सूचना सार्वजनिक गरेका बताउँदै नेता बस्नेतले हिजो एमालेको टोलीले गएर बाटो बन्द नगर्न भनेको जानकारी दिनुभयो। ‘यदि एमालेको महाधिवेशन भाँड्ने नियतले सडक बन्द गर्न खोजिएको हो भने एमालेका दशौँ हजार कार्यकर्ता र भोलेन्टियर जम्मा भएर बाटो खोल्छन्, बाटो थुन्नेहरूलाई त्रिसुलीमा नुहाउन पठाइदिन्छन्, होस् गर्नु’, उहाँले भन्नुभयो । 

नेता बस्नेतले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको कुनै जग नभएको बताउनुभयो । ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ, एमालेको महाधिवेशन पछि सुशीला कार्कीको सरकार ढल्छ’, नेता बस्नेतले भन्नुभयो । 

विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पुरा हुन्छ भन्ने कुरा  नसोच्न पनि सुशीला कार्की र लुसिफरहरुलाई उहाँले चेतावनी दिनुभयो । विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उकासी रहेको उहाँको भनाइ छ । 

नेकपा एमालेले फेरि पनि बहुमत ल्याएर सरकार बनाउँछ भन्ने कुरा नबिर्सन आग्रह गर्दै उहाँले फेरी पनि एमालेबाट केपी ओलीलाई बहुमतको प्रधानमन्त्री बनाएर देखाउने दाबी गर्नुभयो । ‘एमालेको नीति, नेता ठिक छन् त्यसैले हामीमा घमण्ड होइन, आत्मविश्वास छ’, बस्नेतले भन्नुभयो ।