काठमाडौं-नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र गरेको आराेप लगाउनु भएको छ। सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उहाँको आशंका छ ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्वमन्त्री गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गर्नुभएको छ। नेता गिरीले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमा नेता गिरीले लेख्नुभएको छ, ‘एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाँड्न देशी विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ। वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।’
‘साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोही लाई पनि इतिहासले माफी दिने छैन,’ गिरीले लेख्नुभएको छ।







प्रतिक्रिया