काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार नागपञ्चमीमा टाँसेको नागजस्तो टिप्पणी गर्नुभएको छ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो।
अध्यक्ष ओलीले वर्तमान सरकार फेद न टुप्पोको भएको बताउनुभयो। ‘यो फेद न टुप्पोको सरकार हो। यो सरकार दैलामा नागपञ्चमीमा टाँसेको नागको फोटोजस्तो हो। यो नागको फोटो कसले टाँस्यो ?,’ उहाँले प्रश्न गर्दै भन्नभयो, ‘गोबर लगाएर टाँसेको सरकार हो। कतैबाट चुनिएको होइन।’
अध्यक्ष ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिनुभएको छ। यो नाटकको हिजै पटाक्षेप भएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो ।







प्रतिक्रिया