अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई केपी ओलीको प्रश्न- ‘म नभागेको भए के गर्नुहुन्थ्यो ?’

प्रधानमन्त्रीलाई केपी ओलीको प्रश्न- ‘म नभागेको भए के गर्नुहुन्थ्यो ?’


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाउनुभएको छ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आपत्ति जनाउनुभएको हो।

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भन्नुभयो, ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’

आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुन्डुमा सरेको अध्यक्ष ओलीको भनाइ छ।

‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘२ गते म गुन्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’

अध्यक्ष ओलीले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताउनुभयो ।

साथै, आफू नभागेरै बसेको भए के गरिन्थ्यो ? भनेर उहाँले प्रश्न गर्नुभयो। ‘नभाग्या भए के गर्थे त सुशीला जी वा अरुले ? के गर्नुहुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ। तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ अध्यक्ष ओलीले भन्नुभयो।