अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सकियो भन्नेले मंसिर २७ गते भक्तपुरमा हेर्न आउनु: केपी ओली 

एमाले सकियो भन्नेले मंसिर २७ गते भक्तपुरमा हेर्न आउनु: केपी ओली 


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सकियो भन्नेहरूलाई पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह हेर्न आउन निम्तो दिनुभएको छ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले सकियो भन्नेले मंसिर २७ गते शनिवार भक्तपुरको तीनकुनेमा हुने पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोह हेर्न आउन निम्तो दिनुभयो। ‘पर्सी शनिवार अर्थात् मंसिर २७ गते भक्तपुर सल्लाघारी छेउको ठुलो मैदानमा एमाले सिद्धियो भन्ने कुराको जवाफ हुने छ’, अध्यक्ष ओलीले भन्नुभयाे।

छानिछानी एमालेको पार्टी, नेता, कार्यकर्ताका घर छानिछानी हानेको तीन महिना नबित्दै एमाले यो अवस्था पुगेको देख्दा एमाले सिद्धियो भनेर लागेकालाई आश्चर्य लाग्नु पर्ने ओलीको धारणा छ। ‘दुनियाँ आश्चर्य चकित हुने गरी नै यी काम भएका छन्’, उहाँले भन्नुभयो ।

एमालेलाई भन्ने यस्ता कुराले आश्चर्य नलाग्ने उहाँले प्रष्ट पार्नुभयो । हिजो पनि यस्ता थुप्रै जटिल अवस्था भोगेर एमाले अघि बढेको उहाँले बताउनुभयो ।

सरकारले अहिले अनेक किसिमका मिडिया ट्रायल गरिरहेको बताउँदै उहाँले यस्तो अवस्थामा पनि एमाले अघि बढेको कुरा समाचार बन्दैन भने एमाले समाचारको लागि कुनै कुकुरको खुट्टा टोक्न नजाने ओलीले स्पष्ट पार्नुभयो ।