अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनको पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक बस्दै

महाधिवेशनको पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक बस्दै


काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेको एघारौँ महाधिवेशनको  पूर्वसन्ध्यामा भोलि अर्थात् मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताउनुभयो।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते शनिबारदेखि सुरु हुँदै छ।