अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल र निर्णय हुने बताइएको छ।

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ।

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।