अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा सचिवालय बैठकअघि पत्रकार सम्मेलन गर्दै एमाले

च्यासलमा सचिवालय बैठकअघि पत्रकार सम्मेलन गर्दै एमाले


नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन सुरू हुन अब १ दिन मात्रै बाँकी छ। महाधिवेशनको उद्घाटन भाेलि शनिवार अर्थात् मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा गर्दैछ। त्यसपछि बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा गर्नेछ। महाधिवेशनमा २ हजार ४६३ जना प्रनिनिधि सहभागीहुँदैछन्।

यसै सन्दर्भमा, एघारौँ महाधिवेशनबारे एमालेले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको छ। पत्रकार सम्मेलन अहिले बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरिने एमालेले जानकारी दिएको छ। 

पत्रकार सम्मेलनमा यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुर र काठमाडौँमा हुने महाधिवेशनको तयारीलगायत सम्पूर्ण विषयमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनेछन्। 

पत्रकार सम्मेलनपछि एमालेले आजै दिउँसो १ बजे सचिवालय बैठक पनि राख्दै छ।