अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा अनेरास्ववियुको प्रभातफेरी

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा अनेरास्ववियुको प्रभातफेरी


काठमाडौं-नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अनेरास्ववियुले प्रभातफेरी गरेको छ। अनेरास्ववियुले आज बिहान भक्तपुर क्याम्पसदेखि सल्लाघारीस्थित महाधिवेशन उद्घाटनस्थलसम्म प्रभातफेरी गरेको हो।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले भक्तपुर बहुमुखी क्याम्पसबाट वृक्षरोपण गरेर प्रभातफेरीको सुरुवात गरेका थिए । उनीहरू क्याम्पसबाट करिब २.५ किलोमिटर दूरीमा रहेको एमालेको ११औँ महाधिवेशनस्थलसम्म पुगेका थिए । प्रभातफेरीमा सहभागी अखिलका नेताहरूले ‘आमा–बुबा, दाजुभाइ, भोलिका दिन एमालेलाई’ भन्ने नारा लगाएका थिए ।

महाधिवेशनलाई भव्य रूपमा सफल बनाउन अखिलले आज प्रभातफेरीको आयोजना गरेको अध्यक्ष धामीले बताउनुभयो।