काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन मङ्सिर २७ गते शनिबार (भोलि) दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने तय गरिएको छ। महाधिवेशनमा २ हजार ४६३ जना प्रनिनिधि सहभागी हुँदैछन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता-कार्यकर्ताको बाक्लो उपस्थिति छ। महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन्।
एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा तय भए पनि सहमति हुनसक्ने वा नहुने भन्नेबारे यकिन भएको छैन। यसैबीच पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ।
जहाँ कार्यकर्ताहरू कसरी मतदान गर्ने भन्नेबारे बुझ्न थालेका छन्। यद्यपि निर्वाचन कार्यक्रमहरू भने तय भइसकेको छैन ।
एमालेले रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको भोटिङ मेसिन आफ्नो अधिवेशनमा प्रयोग गर्दै आइरहेको छ।
मतदान भएको अवस्थामा यसपालि पनि सोही कम्पनीको भोटिङ मेसिन प्रयोग गर्नेछ। केही प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकिरहेका छन्।







प्रतिक्रिया