काठमाडौं-नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा सचिवालय बैठक बसेको हाे । बैठक अहिले जारी छ।
सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने जनाएकाे छ।
यस्तै पदाधिकारी थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने छ। २०८२ भदौ २०-२२ मा भएको दोस्रो विधान महाधिवेशनले १९ जना पदाधिकारीबाट संख्या घटाएर १५ मा कायम गर्ने निर्णय गरेको थियो। जसमा, वरिष्ठ उपाध्यक्ष नराखी ३ जना मात्र उपाध्यक्ष रहने प्रावधान राख्दै विधान संशोधन गरेको थियो। तर, अहिले बढाएर १९ जना पुर्याउने तयारी गरेको बुझिएकाे छ।
यस्तै, स्थायी कमिटी नराखी केन्द्रीय कमिटीको संख्या २५१ जना रहने विधान संशोधन गरेको थियो।

एमालेको ११ औँ महाधिवेशन भोलिदेखि सुरु हुँदैछ। उद्घाटन शत्र भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्द शत्र भृकुटीमण्डमा सञ्चालन हुने छ।







प्रतिक्रिया