अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भुपेन्द्रबहादुर थापाले ११ औं महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट विदा लिने घोषणा गर्नुभएको छ।

म्याग्दी जिल्ला इन्चार्ज समेत रहिसकेका नेता थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताउनुभएको हो। यद्यपी पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत थापाले प्रष्ट पारेका छन् । यद्यपी पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत नेता थापाले प्रष्ट पार्नुभएको छ। 

नेता थापाले एमालेको नवौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य थिए।

नेता थापाले वक्तव्यमा भन्नुभएको छ– एमाले पार्टीबाट मलाई जिल्ला विकास समितको उपसभापति, प्रतिनिधि सभा सदस्य जस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरु, कार्यकर्ता कमरेडहरु म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यबाद दिन चाहन्छु। मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु। साथै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमि रहने छैन।’