अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले विधान संशोधन नगर्ने

एमालेले विधान संशोधन नगर्ने


काठमाडौं-नेकपा (एमाले)ले विधान संशोधन नगर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिनुभयाे।

‘विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राख्दै जुन विधान त्यहाँ (विधान महाधिवेशनमा) पारित भएको छ। त्यसकै आधारमा नेतृत्व चयन गर्ने निर्णय भएको छ,’ उपहासचिव ज्ञवालीले भन्नुभयाे, ‘अर्थात २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीसहितको नेतृत्व निर्माण गर्ने निर्णय भएको छ।’

२०८२ भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो। एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ। पदाधिकारीको संख्या थपिने चर्चा भएको थियो ।

त्यस्तै महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गरिने पनि उहाँले जानकारी दिनुभयाे।