अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: १०८ जना प्रतिनिधि मनोनयन

एमाले महाधिवेशन: १०८ जना प्रतिनिधि मनोनयन


काठमाडौं-नेकपा (एमाले) ले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

उहाँका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो। ‘पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कुल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भन्नुभयो।

उक्त सदस्यहरूको नामावली भने भोलि मात्रै सार्वजनिक हुने बताइएको छ ।अध्यक्ष केपी शर्मा ओलीले उक्त नाम टुंगो लगाउने र भोलि सार्वजनिक गरिने  ज्ञवालीले बताउनुभयो ।