काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वीच थिचेर पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुभएको छ। शनिबार महाधिवेशनको अध्यक्ष ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो।
अध्यक्ष ओलीले स्वीच थिचेपछि दोस्रो विधान महाधिववेशनले पारित गरेबमोजिमको रातो पृष्ठभूमिमा सुनौलो हसियाँ हथौथा सहितको सुन्दर झण्डा माथि पुगेर फरफराएको छ। नेता तथा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका छन्।
अध्यक्ष ओलीले उद्घाटन गरेसँग पार्टीको एघारौँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा एमालेका हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुक उपस्थित भएका छन्। देशका विभिन्न भागबाट आएका महाधिवेशन प्रतिनिधिसँगै कार्यकर्ता सांस्कृतिक झाँकीसहित महाधिवेशन स्थल पुगेका थिए।
महाधिवेशनको बन्दसत्र भोली र पर्सी काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ।







प्रतिक्रिया