भक्तपुर-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कमजोर नभई झनै शक्तिशाली भएको बताउनुभएको छ।
भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताउनुभयाे।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रुपमा प्रहार भइरहेको बताउनुभयाे। उहाँले नेकपा एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भएपनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताउनुभयाे।

महासचिव पोखरेलले भन्नुभयाे, ‘नेपालको इतिहासमा २३ र २४ गते राष्ट्रविरोधी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्त्वको घुसपैठले एमालेलाई कमजोर बनाउने प्रयत्न गरे पनि शक्तिशाली भएको छ ।’
युवाको भावनामा खेलेर मुलुकलाई अध्याँरो सुरुङमा लैजाने प्रयास गरिएको महासचिव पोखरेलले उल्लेख गर्नुभयाे। तर, मुलुकलाई एमालेले अघि बढाउने उहाँले बताउनुभयाे । मुलुकलाई लोककल्याणकारी मान्यताका पक्षमा एमालेले अगुवाइ गर्ने उहाँको भनाइ थियो ।
एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको महासचिव पाेखरेलले बताउनुभयाे। भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको उहाँले बताउनुभयाे ।
चुनौतीको क्षणमा पार्टीको ११औँ महाधिवेशन आयोजना गरिएको उनले बताए । गएको भदौ २३ र २४ गते षड्यन्त्रका कारण सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा बसेको उनले जिकिर गरे ।
एमाले महधिवेशनअन्तर्गत भोलि (मंसिर २८)देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ ।








प्रतिक्रिया