अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ: अध्यक्ष ओली

लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गर्नुभएको छ। भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हाे। 

अध्यक्ष ओलीले तीन महिनाअघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताउनुभयाे।

‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो’, अध्यक्ष ओलीले भन्नुभयाे, ‘संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो।’ 

अध्यक्ष ओलीले एमालेको सान्र्दभिकता सकियो भन्ने भाष्य बनाइए पनि त्यो आजको सभाले त्यो गलत भएको प्रमाणित गरेको बताउनुभयाे।  ‘पुरान पार्टी सकिए, पुराना नेताको दिन गए र नेकपा एमालेृको सान्दर्भिकता समाप्त भयोर यस्तो भाष्य बनाइक्ष्एको थियो,’ ओलीले भन्नुभयाे, ‘तर, यो जनसागरले लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ भन्ने देखायो।’

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको उहाँले बताउनुभयाे । ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ। नेकपा एमाले अजम्बरी छ,’ अध्यक्ष ओलीले भन्नुभयाे ।