भक्तपुर-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता मञ्जुर नभएको बताउनुभएको छ। भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हाे।
अध्यक्ष ओलीले जनप्रतिनिधिले नै सत्ता सञ्चालन गर्नुपर्ने बताउनुभयाे। जेनजी आन्दोलनपछि बनेको सरकारलाई इंगित गर्दै उहाँले भन्नुभयाे, ‘अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन।’
अध्यक्ष ओलीले हिंसामा विश्वास नगर्ने बताए। सरकार हिंसाबाट नभइ जनताको मतबाट निर्वाचित भएर आउनुपर्ने उहाँको भनाइ थियो।







प्रतिक्रिया