काठमाडौं–नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष ओलीलेको प्रशंसा गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै राष्ट्रियताको पक्षमा सदैव अग्रसर भएको भन्दै अध्यक्ष ओलीको प्रशंसा गर्नुभएको हो। प्रशंसासँगै हुनाले राष्ट्रिय मुद्दा र एकताको पक्षमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनुभयो।

उहाँले भन्नुभयो, ‘राष्ट्रका आगामी मार्गचित्रको हेर्न राजनीतिक क्षण पनि हो। राष्ट्रिय हितको साझा सङ्कल्प बोकेर यहाँ उपस्थित भएका छौँ । नाकाबन्दीको बेला राष्ट्रियता स्वाधीनताको अडानलाई अडानलाई एमालेले लिएको भूमिकालाई प्रशंसा गर्न योग्य छ। उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति म सम्मान गर्दछु। उहाँको ढिढनाता विवेक र न्याय स्थापना गर्न पनि देखियोस् । एक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न सकिँदैन । सबैसँग सहकार्य गर्न आवश्यक छ । राष्ट्रियता र एकताको मुद्दामा एमालेसँगको सहकार्यको ढोका ढोका सधैँ खुल्ला छ।







प्रतिक्रिया