अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई केपी ओलीको प्रश्न- नेतालाई स्थानहद लगाएर कसरी चुनावको वातावरण बन्छ ?

सरकारलाई केपी ओलीको प्रश्न- नेतालाई स्थानहद लगाएर कसरी चुनावको वातावरण बन्छ ?


भक्तपुर-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउने वातावरण नै नबनाएको आरोप लगाउनु भएको छ।

भक्तपुरको सल्लाहघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले भय सिर्जना गरेको आराेप लगाउनु भएकाे हाे ।

‘संवादको सट्टा निधेष, घृणा र मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न प्रकारका राजनीतिक दलविरुद्ध षडयन्त्र। प्रतिस्पर्धाको सट्टा धम्की, बहसको सट्टा मुद्दा, नेताको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा यही हो चुनावको वातावरण बनाएको?,’ अध्यक्ष ओली प्रश्न गर्नुभयाे ।

यस्ता क्रियाकलापले निर्वाचनको वातावरण नबन्ने अध्यक्ष ओलीको भनाइ थियो। अध्यक्ष ओली प्रश्न गर्नुभयाे, ‘मतदानको सुरक्षा हुन्छ कि? दबाब र आतङ्क बढ्छ यस्ता कुराले?’