अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सरकारलाई समर्थन छैन: विप्लव

अवैध सरकारलाई समर्थन छैन: विप्लव


काठमाडौँ-नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताउनु भएको छ।

शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा एमालेको ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताउनुभयाे ।

एमाले एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारलाई अवैध भन्नुभयाे। उहाँले भन्नुभयाे, ‘यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन।’

महासचिव विप्लव मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड समेत दिनुभयाे । ‘देश जटिल परिस्थितिमा छ। दल छन्, देश छ नेताहरू पनि छन् । तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने प्रश्न उब्जेको छ । यस्तो जटिल परिस्थितिमा महाधिवेशन हुन लाग्दैछ’, विप्लवले भन्नुभयाे, ‘एमालेमाथि थुप्रै प्रश्न छ सायद त्यसको जवाफ दिन एमालेले यो कार्यक्रम गरिएको होला ।’