अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिष्ट एकताको विकल्प छैन: देव गुरुङ

कम्युनिष्ट एकताको विकल्प छैन: देव गुरुङ


काठमाडौं-नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताउनु भएको छऽ

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा (एमाले)को ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता गुरुङले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको जिकिर गर्नुभयाे ।

नेता गुरुङले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औँल्याउँदै उनले त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिष्टहरुबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयाे ।

उहाँले नेपाली कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिष्ट शक्तिहरुसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गरेर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयाे ।

‘फेरि पनि कम्युनिष्टहरुको एकीकरणको विकल्प छैन। वामपन्थीहरुको एकताको विकल्प छैन। कम्युनिष्टहरुको एकता, वामपन्थीहरुको एकताको साथै सबै लोकतान्त्रिक, देशभक्त राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा, मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक सामाजिक रुपान्तरणको विकल्प छैन ।’ उहाँले भन्नुभयाे, ‘त्यसकारण सबै शक्तिहरुको बीचका सहकार्यको निम्ति कम्युनिष्टहरुको एकीकरण अनिवार्य शर्त हो । यही अभियानमा हामी विगत केही समयदेखि नेपाली कम्युनिष्ट पार्टी निर्माणको यात्रामा लागिराखेका छौँ । विभिन्न घटकहरुको बीचमा नेपाली कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लागिराखेका छौँ । पार्टी एकीकरणको अभियानमा लागि राखेका छौँ। यो अभियानको क्रममा विगत कालमा नेकपा एकीकरण गर्दाको जुन अवस्था थियो, मार्क्सवाद लेनिनवादको मार्गनिर्देशक सिद्धान्तको आधारमा समाजवादी क्रान्तिको लक्ष्य लिएर तत्कालको न्युनतम कार्यक्रम सबै प्राप्त उपलब्धिहरुको रक्षा गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादी क्रान्ति पूरा गर्ने न्युनतम कार्यक्रममा साथ यतिखेर फेरि पनि एकीकरणको अभियानमा अघि बढ्नुपर्ने आवश्यक्ता छ। त्यसो गरेर मात्रै मुलुकको संकटको सम्बोधन गर्न सकिनेछ । समस्याको सम्बोधन गर्न सकिनेछ भन्ने आशा र विश्वासका साथ हामी कम्युनिष्ट पार्टीहरुको एकताअभियानमा लागि राखेका छौँ । यही सन्दर्भमा यहाँहरुको महाधिवेशनबाट पनि भावी कम्युनिष्ट पार्टीको एकीकरणका लागि महत्वपूर्ण निर्णय लिन सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’