काठमाडौं-काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ।
आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले याेबेलाडटकमलाई जानकारी दिएको छ।
हिजो शनिबार यो बेला उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यस आधारमा हिजोभन्दा आज चिसो बढेको छ। यद्यपि शनिबार बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो।
मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ बजे सार्वजनिक गर्नेछ । यसैगरी आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।
आज राति पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।







प्रतिक्रिया