काठमाडौं-नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब आफू पदाधिकारीको आकांक्षी नभएको बताउनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गर्नुभएको हो। नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उपाध्यक्ष ज्ञवालीले घोषणा गर्नुभयो ।उहाँले पार्टी राजनीति भने नछाड्ने स्पष्ट पार्नुभयाे ।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ। केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ।







प्रतिक्रिया