काठमाडौं-नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि पदाधिकारीमा नलड्ने घोषणा गर्नुभएको छ।
आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीया शाक्यले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गर्नुभएको हाे । यसअघि अर्का एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पदाधिकारी नबन्ने घोषणा गरिसक्नुभएको छ।
केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष शाक्यले भन्नुभयाे, ‘म अब चुनाव उठ्दिन। मलाई भोट हाल्नु पर्दैन। तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ।’
एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै छ। बन्दसत्रअघि केन्द्रीय कमिटीको बैठक बसेको हो।







प्रतिक्रिया