काठमाडौं-नेकपा एमालेले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ। पार्टीकाे ११ औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो।
केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्य शेरबहादुर तमाङका अनुसार विधान संशोधन गरेर पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय भएको छ। यसअघि भदौमा भएको दोस्रो विधान महाधिवेशनमा पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय भएको थियो। अर्थात् १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय गरेको थियो।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।
बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ ।







प्रतिक्रिया