काठमाडौं–नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिनुभयो। नेता गौतमका अनुसार खानापछि बन्दसत्र सुरु हुनेछ। काठमाडौंस्थित भृकुटीमण्डपमा हुने बन्दसत्रमा २ हजार २६२ महाधिवेशन प्रतिनिधि छन् भने सयौं कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन्।
भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।
बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ। केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ।







प्रतिक्रिया