काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। काठमाडौंको प्रदर्शनमार्गस्थित भृकुटीमण्डपमा सोमबार दिउँसोदेखि बन्दसत्र सुरु भएको हो।
बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो।
बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् ।
बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ।

















प्रतिक्रिया