काठमाडौँ-नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चालिसेविरुद्ध रु.३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको आरोपमा मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयाे।
चालिसेले गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानुनी तरिकाले उक्त रकम आर्जन गरेको आरोप छ।
चालिसे २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। यसैगरी चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। चालिसे प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बनेका थिए ।
गैरकानूनीरूपमा आर्जित रकमबाट उनकी पत्नी मन्दिरा, छोरा सागर, सञ्जीव र बुहारी प्रमिलालाई पनि जफत गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको छ।







प्रतिक्रिया