अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य निरन्तर उकालोतिर

सुनको मूल्य निरन्तर उकालोतिर


काठमाडौँ-गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा रु. २ हजार २०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु.२ लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु.३ हजार ८२५ निर्धारण भएको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु.२ लाख ५६ हजार ६०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु.३ हजार ९०५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।