काठमाडौं-नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ।
काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्ताव अनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी-जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व गर्ने गरी व्यवस्था प्रस्ताव गरिएको थियो। त्यसलाई बन्दसत्रले पारित गरेको छ।
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।
बन्दसत्रले पारित गरेको प्रस्तावअनुसार, ७ प्रदेश र एउटा उपत्यका प्रदेशबाट ४० वर्षमुनिका एक सदस्य चयन गरिनेछ। त्यस्तै, खुल्लाबाट ६ र महिलाबाट तीन सदस्य चयन हुनेछन्।
यसैगरी, महिलाबाट ७३ केन्द्रीय सदस्य चयन गर्ने छन्। जसमा महिलामध्ये खुल्ला प्रतिस्पर्धाबाट ५२, जनजातीबाट दुई र युवा १७ जना आउनेछन्।
त्यस्तै, मधेसबाट युवा दुई, खुल्ला ८ र महिला ४ जना चयन गर्नुपर्नेछ। दलितबाट युवा १, खुल्ला ८ र महिला ४ जना आउने व्यवस्था गरिएको छ।
यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना :
१) पदाधिकारी (१९)जना
–अध्यक्ष : १
–उपाध्यक्ष : ५
–महासचिव : १
–उपमहासचिव : ३
–सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना
–खुल्ला : ५
–महिला : ३
–युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
–खुल्ला : ७१
–महिला : ५२
–युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
–आदिवासी–जनजाति :
–खुल्ला : १५
–महिला : ८







प्रतिक्रिया