नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ। जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन्। एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन्।
खुला कोटामा युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ युवा १ जना आउनेछन् । यसो हुँदा ३०१ सदस्यीय केन्द्रीय समितिमा युवा १५ जना हुनेछन् । यो ४.९८ प्रतिशत हो ।







प्रतिक्रिया