अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ११औं महाधिवेशन

यी चार युवा नेता एमालेको केन्द्रीय कमिटीमा शानदार ‘इन्ट्री’ गर्दै

यी चार युवा नेता एमालेको केन्द्रीय कमिटीमा शानदार ‘इन्ट्री’ गर्दै


काठमाडौं-नेकपा एमालेको जारी ११औं राष्ट्रिय महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन्। यस्ता चर्चित अनुहार प्रतिनिधि नभएकोले हिजोसम्म संशयमामा थिए तर प्रतिनिधि मनोनयमा परेपछि उनीहरू उत्साहित भएका छन्।

केन्द्रीय कमिटीमा इन्ट्री गर्न लागेकामध्ये एक चर्चित युवा नेता बागलुङ एमालेका अध्यक्ष हीराबहादुर केसी हुन्। दोस्रो कार्यकाल अध्यक्ष हाँकीरहेका केसी यसपाली केन्द्रीय सदस्य पदका सशक्त दाबेदार हुन्। स्पष्ट वक्ता, युवाका मुद्दा प्रखर रुपमा उठाउन सक्ने, पार्टी र जनजिवकालाई मूल मुद्दा बनाएका केसी पार्टी भित्र युवा प्रतिनिधित्वको माग गर्ने नेता हुन्। कुनै बेला युवा संघको उपाध्यक्षको निर्वाचनमा म्यान अफ दि इलेक्सन घोषणा भएका केसी ‘पाको पुस्ताको अनुभव र युवा पुस्ताको जोश’ले एमाले निर्माणमा ठूलो सहयोग पुग्ने बताउछन्।

 केन्द्रीय सदस्यमा इन्ट्री हान्न लागेकी अर्की चर्चित अनुहार सुनिता डंगोल हुन्। काठमाडौं महानगरकी उपमेयर डंगोले स्पष्ट वक्ता, मोटिभेसन स्पिकर हुन्। महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा कहिले उनीसँग भिडेरै र कहिले समन्वय गरेर पार्टी भित्र आफ्नो स्पेस बनाइरहेकी छिन्। हिजो महाधिवेशन प्रतिनिधि मनोनयमा परेपछि केन्द्रीय सदस्य हुने डंगोलको बाटो खुलेको छ।

यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख एञ्जिला शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा चढ्दैछिन्। उनी पनि हिजो मनोनयमा परेपछि केन्द्रीय सदस्यको बाटो खुलेको हो। प्रतिनिधि मनोनयमा परेसँगै आफूलाई सशक्त दाबेदारको रूपमा प्रस्तुत गर्दै लबिङ बढाएकी छन्।

 यसपटक केन्द्रीय सदस्यमा इन्ट्री गर्ने अर्को चचिर्त व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १० औं महाधिवेशनबाट उपाध्यक्ष भएका नेम्वाङका छोरा सुहाङ २०८० मा बाबुको मृत्यु भएपछि इलाम-२ बाट निर्वाचन जितेर साँसद भएका थिए। महाधिवेशन स्थलमा धेरैजनाको आकर्षणको केन्द्र भएका सुहाङ एमालेको केन्द्रीय कमिटीमा जाने निश्चित जस्तै छ।

यस्तै अर्का चर्चित व्यक्तित्व अब्दुस मिया पनि केन्द्रीय सदस्यमा इन्ट्री गर्दैछन्। पार्टी भित्रका सेलिब्रेटीको रुपमा रहेका मिंया २०७९ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका थिए ।

 एमालेमा नौ वटा जिल्लाका अध्यक्षहरु दोहोरिएका छन्। ती सबैले केन्द्रीय सदस्यमा इन्ट्री गर्ने सम्भावना प्रवल रहेको छ।