अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्ची प्रकरणमा पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरूद्व सर्वोच्च पुग्यो अख्तियार

मेलम्ची प्रकरणमा पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरूद्व सर्वोच्च पुग्यो अख्तियार


काठमाडौं-मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

पूर्वसचिवहरू डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, रुद्रसिंह तामाङसहित बोर्ड सदस्यहरूलाई सफाइ दिएको फैसलामाथि पुनरावलोकन माग गर्दै अख्तियारले आइतबार पुनरावेदन दायर गरेको हो।

पुनरावेदनमा हालै जेनजी आन्दोलनपछि सरकारसँग भएको सम्झौताका हस्ताक्षरकर्ता भोजविक्रम थापालाई समेत प्रतिवादी बनाइएको छ। उनी मेलम्ची प्रकरणमा जोडिएका तत्कालीन उपसचिव हुन्।

पौने ७ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दामा थापामाथि ३२ करोडभन्दा बढी बिगो मागदाबी गरिएको थियो। विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च पुगेको हो।

आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको मुद्दामा १७ जना (संस्थासहित) लाई प्रतिवादी बनाइएको छ–

१. डा. सञ्जय शर्मा

२. भीमप्रसाद उपाध्याय

३. गजेन्द्रकुमार ठाकुर

४. मुकुन्दप्रसाद पौडेल

५. रुद्रसिंह तामाङ

६. चन्द्रबहादुर थापा

७. घनश्याम भट्टराई

८. रामचन्द्र देवकोटा

९. सूर्यराज कँडेल

१०. मणिभद्र न्यौपाने

११. रामचन्द्र न्यौपाने

१२. वेगनाथ पौडेल

१३. केदारप्रसाद अर्याल

१४. भोजविक्रम थापा

१५. शिवकुमार शर्मा

१६. Eptisa Services De Ingenieris S.L. र BETS Consulting Services Ltd. JV (परामर्शदाता कम्पनी) १७. CMC di Ravenna (निर्माण व्यवसायी कम्पनी)