अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका जगन्नाथ भन्छन् ‘अहिलेसम्म अरुलाई दिंए ,अब मेरो पालो ’

केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका जगन्नाथ भन्छन् ‘अहिलेसम्म अरुलाई दिंए ,अब मेरो पालो ’



पोखरा- नेकपा एमालेका नेता जगन्नाथ बास्तोलाले केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका छन् । पार्टीको गण्डकी प्रदेश सचिवालय सदस्य बास्तोला गण्डकी एमालेको पर्यटन विभागका प्रमुख पनि हुन् । पञ्चायतकाल देखि नै जनपक्षीय उम्मेद्वारलाई सघाउँदै वामपन्थी राजनीतिमा सामेल भएका बाँस्तोला अरुलाई पालो दिंदा दिंदै आफू पछि परेको बताउछन् ।
‘मेरो जत्तिकै राजनीतिक उमेर भएका धेरै कमरेडहरुलाई मैले यस अघि नै पालो दिंए’ बाँस्तोला भन्छन् ‘यस पटक म आफैं अघि बढ्ने हो । पार्टी केन्द्रमा म अनटेस्टेड क्याडर हुँ ।’ बास्तोला २०५४ को स्थानीय निर्वाचनमा सानै उमेर गाविस उपाध्यक्ष भएका थिए । त्यसपछि पनि निरन्तर एमालेको राजनीतिमा सक्रिय उनले २०६२÷०६३ सालको जनआन्दोलनमा पोखरामा आन्दोलनको आँधीबेहरी ल्याउन भूमिका निर्वाह् गरेका थिए । आफूभन्दा कनिष्ट कमरेडहरुलाई पालो दिंदा दिंदै आफ्नो पालो नआएकोले यस महाधिवेशनमा आफूलाई पालो दिन उनले सबैलाई अनुरोध गरेका छन् ।
‘राजनीति भनेको सहकार्य र समन्वय हो’ बाँस्तोला भन्छन् ‘यो दुईतर्फी हुन्छ । मैले धेरै त्याग गरें । यसपाली मेरा लागि कमरेडहरुले त्याग गर्नुपर्दछ ।’ नेतृत्वले पनि कहिलेकाँही कार्यकर्ताको उचित मूल्यांकन गर्न नसकेको उनको भनाइ छ । मैदान खट्नेहरु पार्टी बनाउन लागेका हुन्छन् । नेतालाई कुराको खेती गर्नेहरु तिनै मैदानमा खट्नेका विरुद्ध विष वमन गरिरहेका हुन्छन् ।
कास्की एमालेको उर्वर भूमी हो । उक्त भूमीमा जगन्नाथहरु जस्तै योद्धाहरुको पसिना,मेहनत परेर एमालेको फसल सप्रिएको हो । तर ति योद्धाले हालसम्म अवसर नपाउनु दुःखको कुरा भएको उनका सहकर्मीहरु पनि बताउछन् । २०७४ सालको निर्वाचनमा पनि कास्की २ बाट उम्मेद्वार छनौट हुँदा उनले उल्लेख्य मत ल्याएका थिए । २०७० मा पनि उनले पार्टीको आन्तरिक प्रतिष्पर्धामा सबैलाई उछिनेका थिए । २०७९ मा पनि बास्तोला प्रतिष्पर्धीका बीच अब्बल नै थिए । तर उनले सोचे जस्तो भइदिएन । त्यती मात्र होइन नवौं महाधिवेशन देखि नै केन्द्रीय सदस्यमा दाबी बढाइरहेका बास्तोला अध्यक्ष ओलीसँग पनि निकट सम्बन्ध छ । ‘नेतृत्वलाई छेउमा भएकालाई नै पर्खाउन सहज हुने रहेछ । टाढाकोलाई त उसको माग पुरा नभए छोडेर जाने सम्भावना हुने रहेछ’ बास्तोला भन्छन् ‘तर हामी पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता अवसरलाई मात्र केन्द्रमा राखेर हिड्दैनौं ।’
यस पटकचाँही केन्द्रीय नेतृत्वको दौडबाट पछि नहट्ने उनको भनाइ ।