काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहलाई उपस्थितिका लागि सूचित गरिएको उहाँले बताउनुभयाे।
बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ।
बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।







प्रतिक्रिया