अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ: सन्तोष खड्का

युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ: सन्तोष खड्का


काठमाडौं-नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा महाधिवेशनको लागि काठमाडौं क्षेत्र-१० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटोतर्फ अगाडि बढ्नु पर्ने बताउनुभएकाे छ।

उहाँले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ। युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता लिने सामुहि न्याय र समानताको नीति निर्माण गर्नुपर्छ।’

एउटा युवा एजेण्डामा स्पष्ट र संगठनमा दबाब सिर्जना गर्न सक्ने भयो भने मात्र उनीहरुको भूमिका निर्णायक हुने पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे, ‘जब एउटा युवा एजेण्डा लिएर स्पष्ट हुन्छ र संगठनमा दबाब सिर्जना गर्न सक्छ, तब उनीहरुको भूमिका निर्णायक हुन्छ जस्तो लाग्छ । युवा भोटिङ शक्ति, बहस र नीति निर्माण, प्रक्रियामा सक्रिय सहभागिताले महाधिवेशनको परिणाममा महत्वपूर्ण प्रभाव पार्न सक्छ ।’ पार्टीले युवा नेतृत्व ल्याएर युवालाई सहजिकरण गर्ने निर्णय लिन्छ भन्ने विश्वास रहेको पनि उहाँको भनाई छ ।