काठमाडौं-नेकपा (एमाले)को जारी ११ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। यसका लागि पार्टी संस्थापनबाट अध्यक्ष केपी शर्मा ओली पार्टीको नेतृत्व गर्ने गरी चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
अध्यक्ष ओलीको टिममा उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङ उम्मेदवार बन्न लागेका हुन्। महासचिवमा शंकर पोखरेलले नै प्रतिस्पर्धा गर्नेछन्।
महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवी महासेठ उम्मेदवार बन्ने छन्।
त्यस्तै लेखराज भट्ट, पद्मा अर्याल र छबिलाल विश्वकर्मा फेरि सचिवमै दोहोर्याउने भएको छ। त्यस्तै सचिवको बाँकी उम्मेदवारमा यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत छन्।
यस्तो छ संस्थापन पक्षको टिम
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा (बादल)
गुरु बराल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरूङ
महासचिव: शंकर पोखरेल
उपमहासचिव
विष्णु रिमाल
भानुभक्त ढकाल
रघुवीर महासेठ
सचिव
पद्मा अर्याल
लेखराज भट्ट
छविलाल विश्वकर्मा
शेरधन राई
हिम्मत कार्की
डा. राजन भट्टराई
खगराज अधिकारी
यामलाल कँडेल
महेश बस्नेत







प्रतिक्रिया