अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

एमाले महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)


काठमाडौँ-नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क सार्वजनिक गरिएको छ।

काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका उम्मेदवारले तोकिएको शुल्क बुझाएर उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

एमालेले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्दा १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, केन्द्रीय पदाधिकारी पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्नेछ।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। यसैगरी, केन्द्रीय आयोग अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तथा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

हाल भृकुटीमण्डपमा एमालेको निर्वाचन प्रक्रिया जारी रहेको छ भने तोकिएका पदमा उम्मेदवारी दिन इच्छुक नेताहरू दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्।